अपडेट 
२०८० मंसिर ११, सोमबार ०३:१३

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो चरम भ्रष्टाचारमा लिप्त हुँदा कार्यालयको कामकाज पूर्ण रुपमा ठप्प रहेको छ ।असार १० गते ल्याउनुपर्ने बजेट अझै पनि ल्याउन सकेको छैन । पालिकाले बजेट ल्याउन नसक्दा विकास निर्माणको काम ठप्प छ भने पाँच महिनादेखि वृद्धवृद्धाले भत्ता पाउन सकेका छैनन् ।

बजेट नआउँदा कर्मचारीले समेत तलब पाउन सकेका छैनन् । चन्द्रनगर गाउँपालिकामा राजनीतिक द्वन्द्वका कारण बजेट आउन सकेको छैन । बहुमत नपुगेकाले बजेट ल्याउन नसकेको पालिका प्रमुख महतोले जानकारी दिए । चन्द्रनगरमा १५ जना जनप्रतिनिधिको कार्यपालिका समिति छ । जसमध्ये ३ जना अध्यक्ष र १२ जना उपाध्यक्ष पक्षधर छन् । उनीहरु एकआपसमा कुरा नमिल्दा बजेट आउन सकेको छैन् । असार १० गते नै गाउँसभा गरेर बजेट ल्याउनुपर्नेमा उपाध्यक्ष गीतादेवी महतोसहितका बहुमत सदस्यको अवरोधका कारण बजेट ल्याउन नसकिएको हो । उनले बजेट नआउँदा समग्र पालिकाको विकास निर्माण ठप्प बनेको जानकारी दिए ।

गाउँपालिकाले बजेट ल्याउन नसक्दा नागरिकले नगरबाट पाउने सेवासुविधासहित सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन् । बजेट नआउँदा कर्मचारीलेसमेत तलब बुझ्न सकेका छैनन् । नेपाल शिक्षक महासंघ चन्दनगरका अध्यक्ष सरोजकुमार सिंहले दशैं तथा छठ जस्ता पर्वमा पनि चन्द्रनगर गाउँपालिकाका शिक्षक तथा कर्मचारीले तलब पाउन नसकेको गुनासो गरे । उनले पाँच महिनादेखि तलब नपाउँदा घर खर्च धान्न गा¥हो भएको बताउँदै तलबकै लागि आफूहरु आन्दोलनमा रहेको जानकारी दिए । उनका अनुसार राजनीतिक दलको स्वार्थका कारण शिक्षकसहित सम्पूर्ण कर्मचारी तथा आम नागरिक मारमा परेका छन् ।

अध्यक्ष महतोले गाउँसभा गर्नका लागि आफूले दर्जनौं पटक प्रयास गर्दा पनि उपाध्यक्षसहितको टोलीले अवरोध गर्दै आएको आरोप लगाए । उनले जायज मागका लागि आफू दत्तचित्त रहेको जनाउँदै गाउँसभाका लागि बोलाइएको छलफलमै उपाध्यक्षसहितको बहुमत सदस्य नआउने गरेको जानकारी दिए । उनले आफ्नो सफाइ दिँदा पनि उपाध्यक्ष सहितका कार्यपालिका सदस्यहरुले हरहिसाब दिन र हरहिसाब भइ रहेको बेला त्यहाँ बसेर जवाफ दिन भनेपछि उनी पटक पटक हरहिसाब छाडेर भाग्ने गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष गीतादेवीले अध्यक्ष महतोले गत वर्षको हिसाब नै नदिएका कारण गाउँसभा हुन नदिएको बताइन् । उनले अध्यक्ष महतोले बसेर सबै खर्चको हिसाब दिनुपर्ने तर्क राखिन् । ’हिसाब दिएर मात्र हुँदैन, उहाँ पनि बसेर हरेक हिसाबको बारेमा जानकारी पनि दिनुप¥यो,’ उनले भनिन्,’ अध्यक्ष महतो हिसाब भएको समय एकछिन बस्नु हुन्छ फेरि बाहिर निक्लिनुहन्छ, जसले हाम्रो चित्त बुझेको छैन ।’ उपाध्यक्ष गीतादेवीले आफूहरुको चित्त नबुझेसम्म गाउँसभा हुन नदिने बताइन् ।

अध्यक्ष महतोको भ्रष्टाचार चरममा पुगेको उनले आरोप लगाइन् । इमान्दार हुनु हुन्छ भने हरहिसाबमा किन बस्नु हुन्न भनि उनले प्रश्न गरिन् । चन्द्रनगरमा गाउँपालिका अध्यक्ष भएर आएदेखिनै उनी कर्मचारीलाई केरकार गर्ने, स्थायी कर्मचारीलाई वडामा, कार्यालयमा करारका कर्मचारी राखेर भ्रष्टाचार गर्ने गिरोह नै तयार पारेको उनले आरोप लगाइन् । अधिकांश कार्यपालिका सदस्यहरु अध्यक्ष महतोविरुद्धमा देखिएका छन् । कार्यपालिका सदस्यहरु भन्छन्–‘अध्यक्ष जी एनजीओ सञ्चालन गरेर आउनु भएको छ, उहाँले गाउँपालिका र एनजीओमा फरक बुझ्नु पथ्र्यो, बुझ्न सक्नु भएन् उहाँले गल्ती गर्नुभयो ।’

Comment


Related News

Latest News

Trending News