अपडेट 
२०८० मंसिर ११, सोमबार १५:२०

धनुषा तथा सिरहा जिल्लालाई छुट्याउने नेपालका अत्यन्तै धार्मिक महत्वको नदी मध्ये एक कमला नदिमा कार्तिक पूर्णिमाका दिन लाखौँ भक्तजनहरूले डुबुल्की लगाएका छन् ।

प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष पूर्णिमा दिन कमला नदिमा स्नान गर्नेहरुको अत्यधिक भिड रहने गरेका छन् । आव मध्य राति देखि नै कमला नदिको विभिन्न घाटहरूमा जप, तप, स्नान तथा दान गर्नेहरुको घुइँचो रहेको थियो ।

कार्तिक महिनाको पूर्णिमा तिथि जप, तप तथा स्नान, दानका लागि उपयुक्त हुने भएकाले स्नानका लागि नेपाल भारतका विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आइतबार बिहान देखि नै कमला नदिमा भेला भएका थिए ।

भाकल अनुसारको कमला नदिमा प्रसाद सामाग्रीहरू अर्पण गर्दै भक्तजनहरू आ–आफ्नो घर तर्फ प्रस्थान गरेका छन् । नेपालका ठूला चाडपर्वहरू सकेपछि कार्तिक स्नानको विशेष महत्व रहेको छ । ठूला चाडपर्वमा हुने गल्तीहरूको शुद्धिका लागि कमला, बागमती, कोशी, जनकपुरधामको गंगासागर, भारतको गंगा, जमुना, सरस्वती जस्ता नदिमा स्नान गर्ने चलन रहेको छ ।

कार्तिक स्नान तथा जप तमका लागि कमला नदिमा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा, सिरहा, सप्तरी, उदयपुर, दोलखा, ओखलढुङ्गा तथा भारतका विभिन्न जिल्लाहरूबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आएका थिए ।

Comment


Related News

Latest News

Trending News