अपडेट 
२०८० मंसिर १२, मंगलवार ०८:३०

राष्ट्रिय शक्ति नेपालले संघियता खारेजीको माग गर्दै जनकपुरधाममा सोमबार प्रदर्शन गरेको छ ।

जनकपुरधाममा संघीयता खारेजीका साथै राजसंस्था सहितको हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय शक्ति नेपालले प्रदर्शन गरेको छ । जनकपुरधामको रंगभूमि मैदान १२ बिघाबाट संवैधानिक राज संस्था बहाली गरौँ, वैदिक सनातन हिन्दू राज्य कायम गरौँ, संघीयता खारेज गरौँ लगायतको नारा लगाउँदै र्यालीसहित नगरको विभिन्न भागमा परिक्रमा गरेको थियो ।

जनकपुरधामको जनक चोकमा कोणसभामा परिणत भएको र्यालीमा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केसरबहादुर विष्टले नेपालमा संघीयताको कुनै काम नरहेकाले संघीयता खारेजी गर्न माग गरे । उनले नेपाललाई एकत्रित बनाउनका लागि संघीय शासन प्रणाली हटाउनु आवश्यक रहेको बताए ।

कोणसभामा पूर्व सांसद गंगा चौधरीले नेपालको पहिचानमाथि धावा बोल्नकै लागि हिन्दू धर्म संस्कृतिमाथि दिनप्रतिदिन हमला भइरहेको आरोप लगाइन । र्यालीमा नेपालका लागि नेपाली पार्टिका केन्द्रीय अध्यक्ष संतोष महाराज, राष्ट्रिय प्रजातन्त्र पार्टिको रोयल टाइगर फोर्सका सोमनाथ यादव, राष्ट्रवादी नागरिक समाज प्रधान कार्यालयका प्रकाशजंग राणा लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News