अपडेट 
२०८० मंसिर १२, मंगलवार ०९:१७

निलम्बनमा परेका मधेश प्रदेश सभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ ।

ज्यान मार्ने उद्योगमा भदौ १८ गते पक्राउ परेका प्रदेश सभा सदस्य सिंहलाई पुर्पक्षका लागि थुनामा रहेको बेलामा प्रदेश सभाले उनलाई निलम्बन गरेको थियो । कार्तिक २३ गते प्रदेश सभा सदस्य सिंह थुनामुक्त भइ प्रदेश सभा सचिवालयमा निलम्बन फुकुवाको निवेदन दिएका थिए । सोही निवेदन अनुसार सदस्य सिंहको निलम्बन फुकुवा गरिएको प्रदेश सभामुख रामचन्द्र मण्डलले सोमबार बसेको प्रदेश सभाको बैठकमा जानकारी गराएका छन् । प्रदेश सभाको चौथौ बैठक मंगलबार दिउँसो १ बजे बस्ने छ ।

Comment


Related News

Latest News

Trending News