अपडेट 
२०८० मंसिर १३, बुधबार ०८:२१

नेपाली काँग्रेस मधेश प्रदेशको सम्मेलन पुस ५ र ६ गते गरिने निर्णय भएको छ ।

नेपाली काँग्रेस मधेश प्रदेशका सभापति तथा प्रदेश सर कारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको पूर्ण बैठकले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा पुस ५ र ६ गते सम्मेलन गरिने निर्णय गरेको छ । बैठकले सम्मेलनको प्रमुख अतिथिको रुपमा पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय समेत गरेको छ ।

मधेश प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यकता अनुसारको उप समितिहरु गठन गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरि, वडादेखि जिल्ला तहसम्म सम्मेलन गर्न बाँकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरि एको नेपाल काँग्रेस मधेश प्रदेश सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

सम्मेलनमा मधेश प्रदेशको राजनीतिक सांगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन गर्ने निर्णय पनि गरिएको छ ।

Comment


Related News

Latest News

Trending News