अपडेट 
२०८० मंसिर १३, बुधबार ०८:२८

धनुषा भडरियामा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

धनौजी गाउपालिका वडा नं. ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलाको शव ७५ प्रतिशतभन्दा बढी कुहिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि घटनास्थलमा कुकुरसहितको टोली परिचालन गरि एको प्रहरीले जनाएको छ । महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ ।

महिलाको शवको प्रकृति हेर्दा करनी गरि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । पोसटमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुन सक्ने प्रहरी जनाएको छ ।

Comment


Related News

Latest News

Trending News