अपडेट 
२०८० मंसिर १४, बिहीबार १४:३५

सिन्धुलीमा ट्रकमा एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

सिन्धुलीबाट रामेछापका लागि छुटेकाे ज १ च ८२४ नम्बरको एम्बुलेन्स गोलन्जोर गाउँपालिका–७ को माथिल्लो बारामा सडक छेउमा रोकिराखेकाे ट्रकसँग ठोक्किएको हो ।

एम्बुलेन्समा रहेका महोत्तरीका पाँच जना घाइते भएका र सबैलाई उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Comment


Related News

Latest News

Trending News