२०८० मंसिर १४, बिहीबार १७:५३

सरकारले आमसञ्चारसम्बन्धी बिभिन्न विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सञ्चार मन्त्रालयको प्रस्तावमा राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमा गर्न समेत मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्रदान गरिएको उहाले बताउनुभयो ।बैठकले सामाजिक सञ्जालको प्रयोग, नियमन, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अर्को विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक सहमति प्रदान गरेको छ । त्यस्तै मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरे सहभागी हुने कार्यतालिका स्वीकृत गरेको उहाले बताउनुभयो ।

बैठकले सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले रसियन सेनामा रहेका नेपालीको मृत्यु घटनामाबारेमा सरकार गम्भीर रहेको भन्दै रसियन सेना भर्ति हुन नहुने सरकारको स्पष्ट धारणा रहेको बताउनुभयो ।

उहाले मर्ज र खारेज गर्ने भनिएको सार्वजनिक संस्थाका बारेमा थप गृहकार्य भइरहेको समेत बताउनुभयो ।

 

Comment

Related News

Latest News

Trending News