अपडेट 
२०८० मंसिर १६, शनिबार ०७:४०

चुरेको महत्व र चुरे विनाशबाट मधेशमा आउने संकटबारे खेलका माध्यमबाट मधेशका जनतालाई सन्देश पुरयाउने उदेश्यकाका साथ चुरे संर क्षण क्रिकेट टिम गठन गरिएको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियानको शुक्रबार लालबन्दीमा बसेको बैठकबाट शुभाष रायको संयोजकत्वमा ११ सदस्यीय टिम गठन गरिएको हो । अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको प्रमुख आतिथ्यतामा भएको बैठकबाट मंसिर महिना भित्रै आठवटै जिल्लामा चुरे संरक्षण क्रिकेट टिम गठन गरि पुस महिनाको २ गते जनकपुरधाममा विस्तारित बैठक बस्ने निर्णय गरिएको जनाइएको छ ।

जनकपुरधाममा हुने विस्तारित बैठकबाट मधेश प्रदेशका आठवटै जिल्लामा क्रिकेट टुर्नामेन्ट गर्नै मिति सोहि बैठकबाट घोषणा गरिने निर्णय गरिएको छ । अभियानका केन्द्रिय सदस्य सुनिल साहको अध्यक्षतामा बसेको बैठकमा अभियानका सदस्यहरु विक्रम साह,संजिव ब्लौन,मनिर खान,तुल्सा बम्जन,सुनिल श्रेष्ठ,संजिव थिंङ,र ाम दरेश यादव,धमेन्द्र कुमार यादव,चन्द्रकिशोर यादव लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News