अपडेट 
२०८० मंसिर १७, आईतवार १७:१३

सिरहाको लहानस्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी भएको छ । लहान-३ स्थित नेपाल साइकल स्टोरमा दिउँसो पौने १ बजे आगलागी भएको थियो ।

आगलागीमा साइकल सहित विभिन्न सवारी साधनका पाटपुर्जा जल्दा ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News