
भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।
भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो । उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ ।
विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो ।
विमानमा सवार दुवै पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।