अपडेट 
२०८० मंसिर २१, बिहीबार १२:३८

धनुषामा अत्यधिक मदिरा सेवनबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय रहेका छन् ।

दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएको बेला उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागइले जानकारी दिएका छन् ।

रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News