२०८० मंसिर २२, शुक्रबार १०:२७

सिराहा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू पदार्थ ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लहानको माखनभोग होटेलबाट सिराहाकै वडियारपट्टी गाउँपालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादवलाई ४९ ग्राम नौ सय मिलिग्रामब्राउन सुगर सहितपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा बसिरहेको अवस्थामा यादवमाथि शङ्का लागि चेक जाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको खल्तीबाट प्लास्टिकमा पोको पारी राखिएको प्लास्टिक सहित ५१ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणका लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

प्रहरीले उनले प्रयोग गरेको स ७ प ५९७ नम्बरको मोटर साइकलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Comment

Related News

Latest News

Trending News