अपडेट 
२०८० मंसिर २३, शनिबार ०८:५६

धनुषाको शहीदनगर नगरपालिकामा प्रारम्भिक सिकाई तथा पढाईको लागि शैक्षिक सामग्री निर्माण र प्रयोग सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको सिकाई परियोजना अन्तर्गत शहीदनगर नगरपालिकाका बालविकास र आधारभूत शिक्षकहरुलाई सो तालिम प्रदान गरिएको हो ।

सहभागीहरुले तालिमको सिकाई पठनपाठनमा ल्याउने बताइन् । श्री आधारभूत विद्यालय हडवारा, शहीदनगर नगरपालिका–६ मा कार्यरत्त शिक्षक इन्द्रा ठाकुरले तालिमको सिकाई उपलब्धीलाई व्यवहारमा ल्याउने बताइने । बालबालिकालाई पढाउने फरक शैलीले सिकाई उपलब्धीमा सुधार आउने विश्वास उनले व्यक्त गरिन् ।

स्थानीय श्री विष्णु आधारभूत विद्यालय यदुकूहामा आयोजित तालिमको समापन सत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रकाश सापकोटाले सहभागीहरुलाई फरक ढंगले पठनपाठन गराएर बालबालिकाको सिकाई उपलब्धी बृद्धि गर्नुपर्ने धारणा राखे ।

सापकोटाले शिक्षाको स्तर सुधार बालविकासबाटै हुनुपर्नेमा जोड दिदै शिक्षकहरुलाई गंभीरतापूर्वक यसमा लाग्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका अर्का उपसचिव घनश्याम अर्यालले तालिमको सिकाई उपलब्धी व्यवहारमा ल्याउन सके मात्र यसको सार्थकता देखिने तर्क गरे ।
एकीकृत पाठ्यक्रम र पढाईलेखाईबारे प्रशिक्षण दिइएको प्रशिक्षक भिमा राईले बताइन् । प्रारम्भिक बालविकासमा प्रारम्भिक पढाई सम्बन्धी सिप तालिममा सिकाइएको प्रशिक्षक राईले बताइन् । परम्परागत पठनपाठनले बालबालिकाको सिकाई उपलब्धी अपेक्षा अनुरुप नरहेको बताउँदै उनले फरक शैलीमा नाच्दै, सिप सिकाउँदै, रमाइलो गर्दै बालबालिकालाई पढाउनुपर्ने तरिकामा बढी जोड दिइएको उनले भनिन् । तालिममा पढाई र लिखाईसँगै सामग्री निर्माण कार्य समेत सिकाइएको अर्का प्रशिक्षक ममता चौधरीले बताइन् ।

समापन कार्यक्रममा आसमान नेपालका दिनेश्वर साह, दिलिप यादव, संजीव कुमार साह लगायतको उपस्थिति रहेको थियो । गएको मंसिर २० गतेदेखि सुरु भएको तालिममा शहीदनगर नगरपालिकाका सामुदायिक विद्यालयका इसीडी र आधारभूत शिक्षकहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News