अपडेट 
२०८० मंसिर २३, शनिबार १३:४१

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले विद्यालय भवनको शिलान्यास गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच मेयर यादवले मिर्चैया नगरपालिका ८ फुलवरियामा रहेको बा जु मा वि विद्यालयको निर्माण हुन लागेको चार तले भवनको शिलान्यास गरेका छन् ।

राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मिर्चैया नगरपालिका ८, फुलवारिया र श्री शारदा एमभीको संयुक्त सहकार्यमा सो विद्यालयको भवन निर्माण हुन लागेको जनाइएको छ ।

कार्यक्रममा मेयर यादवले विद्यार्थीको शिक्षाप्रति अभिभावक र विद्यालय दुबै जिम्मेवार हुन आवश्यक रहेको औंल्याए । उनले अभिभावकहरुले सरकारी विद्यालयमा पढन जाने आफ्ना बच्चालाई कम ध्यान दिने गरेको गुनासो गरे । अभिभावकहरुले आफ्नो बच्चाको पढाईमाथि निगरानी गर्न मेयर यादवले सुझाव दिए ।

उनले निजि विद्यालयका शिक्षक भन्दा सरकारी विद्यालयका शिक्षक अब्बल रहेता पनि अभिभावकको वेवास्ताले सरकारी विद्याययमा पढ्ने विद्यार्थी कमजोर हुने गरेको बताए । उनले शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता गरे, सरकारी विद्यालयका शिक्षकले नै जित्ने दाबी गरे । लोकसेवा उर्तिण गरेर आएका सरकारी विद्यालयका शिक्षक, निजि विद्यालय भन्दा धेरै जानकार रहेको बताउँदै मेयर यादवले अभिभावकको लापरबाहीले विद्यार्थीहरु पढाइमा कमजोर हुने जानकारी दिए ।

उनले निजि विद्यालयका विद्यार्थीप्रति उनीहरुको अभिभावकले स्कूल ड्रेसदेखि लिएर, टिफिन, किताब, कापी, ब्याग, जुत्त्ता, परीक्षाको मार्कलगायत हरेक कुरामा गम्भिरतापूर्वक ध्यान दिने गरेकोले निजि विद्यालयका विद्यार्थीहरु पढाइमा राम्रो हुने गरेको बताए ।

मेयर यादवले मिर्चैया नगरपालिका शिक्षाको हब सरह रहेको जनाउँदै उनले सम्पूर्ण अभिभावक र विद्यालयहरुलाई शिक्षाप्रति गम्भिर हुन आग्रह गरे ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख भरत बानिया, वडा नं ८ का वडा अध्यक्ष वीरेश्वर यादव, शिक्षक शिक्षिका, जनप्रतिनिधि र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News