अपडेट 
२०८० मंसिर २४, आईतवार १४:२२

रौतहटको फतुवाविजयपुर नगरपालिका-२ स्थित शीतलपुरमा दाइँ गर्न खलोमा राखिएको धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ ।

दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको भारीमा गए राति करिब ९ बजे आगजनी गरिएको छ।

आगलागीबाट झन्डै ४० क्विन्टल धान जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

यता वडाध्यक्ष सञ्जय यादवले नेकपा एमालेका कार्यकर्ताले यादवको धानको भारीमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी गरेको दाबी गरेका छन् ।

आगजनी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News