अपडेट 
२०८० मंसिर २५, सोमबार ०८:३८

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज धनुषाको औरही गाउँपालिकामा आउने भएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर २ का पूर्व सभापति स्व. राजकिशोर सिंहको शालिक अनावरण गर्न उनी औरही आउन लागेको जनाइएको छ । औरही गाउँपालिका–४ मा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन सभापति देउवा एक बजे हेलिकप्टरबाट औरहीमै आउने कार्यक्रम रहेको नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले जानकारी दिएका छन् ।

सभापतिको अन्य कुनै कार्यक्रम नरहेको जानकारी दिँदै उपसभापति झाले धनुषा जिल्लाका सम्पूर्ण नेपाली कांग्रेसका सदस्यहरुलाई औरहीमा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

उनी संगै नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि लागयतका नेताहरु कार्यक्रममा सहभागी हुने उपसभापति झाले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News