अपडेट 
२०८० मंसिर २५, सोमबार ०९:०२

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेशको समन्वयमा पालिका स्तरीय पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।

जनकपुरधाममा सम्पन्न दुई दिने उक्त कार्यशालामा मधेश प्रदेशका करीब २० स्थानीय तह (महानगरपालिका÷ नगरपालिका÷गाउँपालिका) अन्तर्गतको पर्यटन विभागका समितिको संयोजक र पर्यटन शाखा तथा योजना शाखाका सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यशालामा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकाश गर्न र स्थानीय तहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना कार्यान्वयन गर्नेबारे चर्चा गरिएको थियो ।

कार्यशालामा पर्यटनकोविस्तृत बुझाई, पर्यटनको विकास, बजारीकरण तथा पर्यटकिय गन्तव्यहरूको ब्रान्डिङ रणनीतिहरु, पर्यटन प्रवर्द्धनका लागि मिडिया परिचालन आदि विषय वस्तुमा छलफल गरिएको कार्यशालामा मुख्य प्रशिक्षक रमेश कुमार आधिकारीले जानकारी दिए । पर्यटनको सम्भावना भएका र पर्यटन क्षेत्रमा अत्यन्तै राम्रो गरिरहेका स्थानीय सरकारको सिकाई आदान प्रदान गर्ने तथा ती स्थानीय सरकारको पर्यटनरण नीति एवं कार्ययोजना तर्जुमा गरी पर्यटनमार्फत रोजगार सृजना गर्न र स्थानीय अर्थतन्त्रलाई बढावा दिन सहयोग पुरयाउन यस पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशालाको आयोजना गरिएको परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले जानकारी दिए ।

कार्यशालामा ठोरी गाउँपालिका–पर्सा, तिर हुतगाउँपालिका–सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–सप्तरी, जनकपुरधाम उपमहानगरपालिका– जनकपुरधाम, चन्द्रनगरगाउँपालिका–सर्लाही, मटिहानी नगरपालिका– महोत्तरी, निजगढ नगरपालिका– बारा, देवताल गाउँपालिका–बारा, मिथिला नगरपालिका–धनुषा, मौलापुर नगरपालिका–रौतहट, गढीमाई नगरपालिका–रौतहट, चन्द्रपुरनगरपालिका–रौतहट, लहान नगरपालिका–सिरहालगायत करीब २० स्थानीयतहका सम्बन्धित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणी प्रसाद खनालले नेपालको स्थानीय स्तरमा पर्यटनको परिचय, त्यस्का विशेषताहरु पर्यटन प्रबधनको व्याख्या र यसलाई कसरी प्रबधन गर्ने विषयमा प्रकाश पारेका थिए । कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका शाखा अधिकृत नारायण प्रसाद खनालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राथमिकतामा रहेको ७३ बुँदे कार्ययोजना, पर्यटन दशक २०२३–२०३२को प्राथमिकता सँगै पर्यटन विभागको पर्यटन प्रबर्धनको प्राथमिकतामा, नेपाल सरकारको पर्यटनको प्राथमिकता र विकाशको बारेमा प्रकाश पारेका थिए ।

Comment


Related News

Latest News

Trending News