अपडेट 
२०८० मंसिर २५, सोमबार १०:३७

नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साँझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन दाहालका अनुसार निर्दोष आइतबार अपराह्नमा भारत गएका थिए। भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो।

गोली प्रहार हुँदा त्यसको छर्रा निर्दोषको तिघ्रामा लागेको प्रहरीले बताएको छ।

‘घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ। उहाँलाई सोधेर हामीले समन्वय गरेर घटनास्थलमा पुग्यौं,’ डिएसपी दाहालले भने, ‘८-१० जना थिए भनिएको छ। हामीले घाइतेसँग धेरै कुरा सोधिसकेका छैनौं।’

घाइते रहेका निर्दोष खतरामुक्त छन्। गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान भइसकेको छैन।

 

Comment


Related News

Latest News

Trending News