अपडेट 
२०८० मंसिर २५, सोमबार १३:२६

सुन चाँदीको भाउ आज घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ । यो हिजोकोभन्दा ५  सय रुपैयाँले सस्तो हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार ५ सय रुपैयाँ  थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ । अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News