अपडेट 
२०८० मंसिर २५, सोमबार १७:०२

नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गरेका छन् ।

धनुषाको औरही गाउँपालिकास्थित औरही गाउँमा आयोजित कार्यक्रमबिच सोमबार कांग्रेस सभापति देउवाले धनुषा निर्वाचन क्षेत्र  नं. २ का पूर्व सभापति स्वर्गीय सिंहको सालिक अनावरण गरेका छन् ।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रहरी समायोजन गरी सातवटै प्रदेशलाई आफ्नो प्रहरी प्रशासन हस्तान्तरण गर्न आवश्यक रेहेका बताए । उनले संविधान जारी भएपछि दुई पटक चुनाव भईसक्दापनि प्रदेशहरुसित आप्mनो प्रहरी प्रशासन र कर्मचारी नभएका कारण प्रदेश सरकारले गर्नुपर्ने काम गर्न नसकिरहेको बताए । भारतमासमेत हरेक प्रदेशको आफ्नै प्रहरी प्रशासन रहेको उदाहरण दिँदै नेता निधिले अब कांग्रेसको एजेन्डा भनेको प्रहरी समायोजन, निजामती कर्मचारी हस्तान्तरण र स्थानी तहलाई अधिकार सम्पन्न गराउनु हुने जानकारी दिए ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले, राष्ट्रिय सहमतिको अनुसार सबै दलहरुसंग छलफल गरी देशको आवश्यकतालाई औंल्याउदै देशको हितमा निर्णय गरिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगाना, नेपाली कांग्रेसका नेता चन्द्र मोहन यादव, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका नेता रामकृष्ण यादवलगायतको अपस्थिति रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News