अपडेट 
२०८० मंसिर २५, सोमबार १८:४८

पर्सा प्रहरीले विभिन्न समान बस्तु लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । बिल बिजक भन्दा बढी मुल्यका समानहरु लोड भएको भन्दै प्रहरीले सो ट्रक नियन्त्रणमा लिइएको जनाएको छ ।

लगभग ८५ लाख रुपैयाँ भन्दा बढीको खुद्रा सामान सहित ट्रक नियन्त्रणमा लिएर आवश्यक कार्यवाहि अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विल बिजक भन्दा बढी लोड रहेको सामान सहित ना ६ ख २६४८ नम्बरको ट्रक पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमार विक्रम थापाले बताए । बीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको सूचनाको आधारमा जाँच गर्दा गण्डक चोकबाट पहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरिक्षक थापाले भने,‘पक्राउ गरिएको ट्रकबाट ८५ लाख ८९ हजार रुपैयाँ बराबरको खुद्रा सामान बरामद भएको छ ,थप अनुसन्धान र कार्यवाहिको लागी ट्रकलाई राजश्व कार्यालय पथलैयामा बुझाइएको छ ।’

Comment


Related News

Latest News

Trending News