अपडेट 
२०८० मंसिर २५, सोमबार २०:२६

जनकपुरधाममा तीन दिन मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाइएको छ ।

मंगलबारदेखि सुरु हुन लागेको विवाहपञ्चमी महोत्सव सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउने सन्दर्भमा सोमबार बसेको सरोकारबालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको बैठकले मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको छ ।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । सूचनाको विपरित निषेधित क्षेत्रमा उक्त कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News