अपडेट 
२०८० मंसिर २६, मंगलवार ०८:४१

एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा गरेको रकमको सुरक्षा जोखिममा परेको छ ।

गौर शाखामा चमत्कारिक बचत खाता सञ्चालन गरेका स्थानीय फतुवाविजयपुर नगरपालिका ६ पेटभर्वा निवासी सरोज राय यादवको खाता नम्बर ४६८७७३४१५२५२४००१ बाट ७ डिसेम्बर ०२३ मा ५०/५० हजार दुई पटक खल्ती लोड ९३० ९४९७५/९७०३६४७०६९ मा तथा ४९ हजार १० रुपैयाँ १८७० ९७६६५०९०००१७ मा ट्रान्सफर भएको एनआईसी एशिया शाखाले खाताधारीलाई उपलब्ध गराएको स्टेटमेंटबाट देखिन्छ ।

एनआईसी एशिया बैंख कोलभी शाखामा १७ अक्टूबर ०२३ मा १ लाख ४९ हजार रकम जम्मा गरेका पीडि़त सरोज राय यादवले २०८० मङ्सिर २१ गति बेलुकी पैसा झिकिएको सन्देश मोबाईलमा आएपछि खाताबाट रकम गाएब भएको थाहा पाएको बताएका छन ।

खातामा राखेको रकम गायब भएको विषयमा गौर शाखामा बुझ्न ज्यादा शाखाका सहायक प्रबन्धकले तपाईले मोबाइल बैंकिंग सेवा प्रयोग गरेको भने जवाव दिएको पीडि़तले बताए ।

मोबाईल बैंकिंग सेवा प्रयोग नगरेको र गरेको प्रमाण दिन सहायक प्रबन्धकलाई भन्दा केही जवाव नदिएकोले बैंकको कर्मचारीको मिलेमतोमा रकम गायब भएको आरोप यादवको रहेको छ ।

घरमा रकम राख्दा असुरक्षित हुने खतरा रहेकोले बैंकमा सुरक्षित हुन्छ भने रकम बैंकमा राख्दा पनि असुरक्षित हुने भएकोले रकम कहाँ राख्ने भने चिन्ताको विषय समेत बनेको छ ।

बैंकबाट गाएव भएको रकमको विषयमा छानविन गरी रकम फिर्ता दिनुपर्ने समेत पीडि़तले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News