मिर्चैया नगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ ।
मिर्चैया नगरपालिकाका स्वास्थ्य प्रमुख बिजय कुमार महतोको अध्यक्षतामा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले नागरिकको स्वास्थ्यप्रति नगर सचेत रहेको भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख प्रशासकीय अधिकृत बिष्ण्ुरन्ञन बरालल र वडा नम्बर ७ मा रहेको मिर्चैया स्वास्थ्य अस्पतालका प्रमुख सरिका गोइतले नागरिकमा सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने विचार राखे ।
शिविरमा नगरका ३८२ जना नागरिकको आँखा जाँच गरिएको छ ।