अपडेट 
२०८० मंसिर २६, मंगलवार १५:०८

जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठीले अहिलेको संघियता विकृत संघियता रहेको बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघ धनुषाको सभाकक्षमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै संघिय सांसद समेत रहेका त्रिपाठीले अधिकार विहिन प्रदेश सरकार बनाएर संघियताको ढोल पिट्ने काम भइरहेको बताए । उनले संघ र प्रदेशको विचमा अधिकारको बाडफाड हुनुपर्नेमा प्रदेशलाई लाचार बनाई बदनाम गर्नै काम भइरहेको बताउदै नगरपालिकालाई नगर प्रहरी छ तर प्रदेशलाई प्रहरीनै नदिएको अवस्थामा यस्तो संघियतालाई विकृत संघियतानै भन्न सकिने बताए ।

उनले मिश्रीत निर्वाचन प्रणालीकै कारणले कुनै पनि दलले बहुमतको सरकार बनाउन सक्ने अवस्था नरहेको बताउदै समानुपातिक प्रणालीलाई हटाएर प्रत्यक्ष प्रणालीलाई लागु नगरिएसम्म सरकार बनाउन एक अर्काको मुख ताक्नु बाहेक अरु कुनै विकल्प नरहेको बताए । उनले अर्थतन्त्रको सुधारका लागि अहिलेको सरकारको प्रयास चाहिने जति नरहेको धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News