![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनचाँदीको भाउ आज घटेको छ ।
सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै, हिजो स्थिर रहेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।