अपडेट 
२०८० मंसिर २८, बिहीबार ०८:३६

बुधबार दिनभरि वीरगञ्ज महानगरपालिकाको अवस्था तनावग्रस्थ रह् यो । वीरगञ्ज महानगरपालिकामा कर्मचारी र सेवाग्राहीबाहेककालाई प्रवेशमा रोक लगाइएको थियो ।

महानगरपालिका परिसर भित्र–बाहिर सबैतिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । मंगलबार महानगरमा कोठाको विषयलाई लिएर भएको विवादलाई मध्यनजर गर्दै दोस्रो दिन बुधबार महानगरको सुरक्षा व्यवस्था कडा पारिएको पर्सा प्रहरीको भनाइ थियो ।

महानगरमा मंगलबार भएको मेयर र उपमेयर समर्थकबीचका विवादका कारण महानगर बुधबार दोस्रो दिन पनि तनावग्रस्त नै रह्यो । अर्कोतर्फ दिनभरि महानगरपालिका आसपास मेयर र उपमेयर समर्थक कार्यकर्ताहरु खचाखच गुटबन्दीमा देखापरेका थिए ।

बिहानै देखि चारैतिर मेयर र उपमेयर समर्थकको भीड बढ्न थालेपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए । उनका अनुसार मेयर र उपमेयर समर्थकबीच पुनः विवाद नहोस् भन्दै पर्सा प्रहरीले महानगरमा व्यापक प्रहरी परिचलान गरेको छ ।

Comment


Related News