अपडेट 
२०८० मंसिर २९, शुक्रबार १३:३६

धनुषामा तीनजना सवार मोटरसाईकल दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का सत्रुधन सहनी गम्भीर घाइते छन् । उनको यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाकडौंको न्यूरो अस्पताल लगिएको छ ।

आज बिहान करिब ३ बजेको समयमा जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका ४ सपही स्थित पुलभन्दा ५० मिटर उत्तर अनियन्त्रि भएर दुर्घटना भएको डिएसपी अवाले बताए ।

तिव्रगतिको कारण मोटरसाईकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Comment


Related News

Latest News

Trending News