अपडेट 
२०८० मंसिर २९, शुक्रबार १३:४३

धनुषामा ६ वर्षीया एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी एक बालिकाकाे हत्या भएको हो ।

गएराति बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा भेटिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News