अपडेट 
२०८० मंसिर २९, शुक्रबार १६:५२

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै जसपाले सबै मातहत समितिलाई यथाशीघ्र सदस्यहरूको अभिलेख पठाउन परिपत्र जारी गरेको सो पार्टीका केन्द्रीय प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी रहेका पार्टी समिति र भ्रातृ सङ्गठनलाई पार्टी विधानअनुरूप हुनेगरी गठन, पुनः गठन गर्न भनिएको र पुनः गठनका लागि पुस मसान्तसम्मको समयसीमा निर्धारण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News