अपडेट 
२०८० पुष १, आईतवार ०८:२८

विवाहपञ्चमी अन्तर्गत सीतारामको वैवाहिक कार्यक्रमलाई दृष्टिगत गर्दै धनुषा प्रहरीले जनकपुरधाम नगरको सुरक्षा व्यवस्थालाई कडा गरेको छ ।

साताव्यापीदेखि नै विवाहको विभिन्न विधि भएसँगै भारत तथा नेपालका दुरदराजबाट श्रद्धालु भक्तजनहरु आउने क्रम जारी छ । जनकपुरधाममा आउने श्रद्धालुको भीड नियन्त्रण एवम सुरक्षालाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा गरिएको छ ।

विवाहपञ्चमीका अवसरमा हुने समारोहमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउनका लागि सिसिटिभी र ड्रोन क्यामेराद्वारा जनकपुरधाम नगरका विभिन्न क्षेत्रमा निगरानी बढाइएको छ । धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले यस वर्ष घटनालाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई कडा पारिएको जानकारी दिए ।

विवाहपञ्चमीमा अत्यधिक संख्यामा भक्तजनको भीड हुने गरेकाले चोरी र पाकेटमारीका घटनामा वृद्धि हुने सम्भावना रहेकाले जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्म सिसिटिभी क्यामेरा, रंगभूमि मैदानमा ड्रोनका साथसाथै जानकी मन्दिरको प्राङ्गणमा पनि सिसीटिभि क्यामरा र ड्रोनले निगरानी गरिरहेको उनले बताए । उनले चोरी, पाकेटमारी, महिलासँग हुने दुव्र्यवहारलगायतका घटना नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा गरिएको बताए । उनले सादा पोसाकमा महिला र पुरुष प्रहरी अत्यधिक संख्यामा परिचालन गरिएको बताए ।

त्यस्तै राम मन्दिर, जानकी मन्दिरदेखि रंगभूमि मैदानसम्मका क्षेत्रलाई विशेष ध्यानमा राख्दै शिवचोक, गंगासागर, जनक चोक, जानकी चोक, राम चोक, सोनारपट्टी, महावीर चोक, रामानन्द चोक, अस्पताल रोड, पेठिया बजार क्षेत्र, संकटमोचन मन्दिरलगायतका क्षेत्रमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ भने प्रहरीद्वारा विभिन्न स्थानमा हेल्प डेस्ककोसमेत स्थापना गरिएको छ ।

Comment


Related News

Latest News

Trending News