अपडेट 
२०८० पुष २, सोमबार ०७:१०

विवाहपञ्चमी महोत्सवमा अवाञ्छित गतिविधि गर्ने दर्जनौ पाकेटमार पक्राउ परेका छन् ।

जनकपुरधाममा अत्याधिक भीडको मौकाको फाइदा उठाउँदै पाकेटमारी गर्ने र अवाञ्छित गतिविधि गर्ने गरेको आरोपमा २० जना भन्दा बढीलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । अधिक भीडको मौकाछोपेर श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यवहार गर्ने २० जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । उनीहरुलाई दिँउसो एक बजेसम्ममा पक्राउ परेकाहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा रहेको प्रहरी युनिटमा राखिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बन्धुले बताए । उनले पाकेटमारहरुबाट बरामद गरिएको सामग्रीहरुसमेत फेला परेको बताए ।

Comment


Related News

Latest News

Trending News