अपडेट 
२०८० पुष २, सोमबार १६:४१

नेपालकै अग्रणी सिमेन्ट उद्योगशिवम् सिमेन्टले जानकारी मुलक भिडियो सन्देश “शिवम् सन्देश” सार्वजनिक गरेको छ । “शिवम् सन्देश” गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरूको संग्रह हो ।

शिवम्ले बसन्तपञ्चमीको अवसरमा जनकपुरधामकाका चोक चोकमा स्टाण्ड बोर्ड राखी शिवम् सन्देश बारे जानकारी तथा प्रचार प्रसार गरेको छ । सो क्रममा शिवम सन्देश बारे बुझ्न चाहानेहरुको लागि तत्कालै जानकारी प्रदान गरिएको थियो ।

हेटौंडासहित देशका विभिन्न शहरहरुमा शिवम्ले शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनी प्रतिनिधिले जानकारी दिएका छन् ।

शिवम् सिमेन्टले आफ्नो प्रचार प्रसारमा विभिन्न समयमानयाँ नयाँ उपायहरु अपनाउँदै आईरहेको छ ।

यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यानदिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ ।

घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्नमौसममा घर बनाउँदा के कस्ता कुरामाविचार पु¥याउने आदि जस्ता थुप्रै अतिउपयोगीजानकारीहरू समेटिएको शिवम् सन्देशले “भरोसा अटुट सम्बन्धको”भन्ने शिवम् सिमेन्टको नारालाईअझै उचाइमा पु¥याएको कम्पनीको दाबी छ।

भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिकप्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्वकति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्नेरु जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमादिइएका सल्लाह र सुझावहरू “शिवम् सन्देश”मा समेटिएका छन् ।

साथै, साधारण लाग्ने तर घर निर्माणको योजनाबनाउन र घर निर्माणका क्रममानिकै उपयोगीहुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनियसमा समेटिएको छ।

सन् २००३ मा हेटौँडामा स्थापितशिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गर्दै आएको छ।

Comment


Related News

Latest News

Trending News