अपडेट 
२०८० पुष ३, मंगलवार ०८:३४

नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा प्रसिद्ध कविता छ : ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ? निश्चय नै होइन ।

यो मानिसको मनोवैज्ञानिक तृष्णा र उद्वेग मात्र हो ।यो बजार र नाफाले सिर्जित धार्मिक व्यवहार र मनोविज्ञानको कृत्रिमता हो । रहस्यवादी आध्यात्मिक कवि कबीर दास यस्तै कृत्रिमता र पाखण्डप्रति कडा प्रहार र व्यंग्य गर्दै भन्छन् : ‘पाहन पूजे हरि मिले, तो मै पूजूँ पहाड, ता से चक्की भली पीस खाय संसार ।’अर्थात् ढुंगालाई पूजेपछि हरिको प्राप्ति हुन्छ, भने म पहाडकै पूजा गर्छु, (तर) त्यो भन्दा राम्रो जाँतोको चक्की छ, जसलाई पीसेर मानिसले पेट भर्छ । कबीर दास हाम्रो अवैज्ञानिक चेतना र व्यवहारमाथी निमर्म प्रहार गर्छन, र हामीलाई अतार्किक चेतना र व्यवहारभन्दा उपयोगी, विवेकसम्मत र मानवीय चिन्तन र व्यवहार गर्न प्रेरित गर्छन् । कबीर भौतिकवादी होइनन् । उनले पनि परलोकको चिन्ता गर्छन् । तर उनी उदारवादी र रहस्यवादी हुन् । उनी यस जगतलाई दुखी बनाएर परलोक सुधार्न चाहँदैनन् । उनी मानवीय र विवेकसम्मत जीवन बाँचेर तथा नैतिक र सहृदयी भएर आध्यात्मिक सुखको आनन्द लिन चाहन्छन् ।

पूर्णविवेकसम्मत हुन भौतिकवादी हुनु आवश्यक छ, तर यो कठिनपनि छ । किनभने ईश्वर छ भनेर मान्नु सहज छ, माने पुग्यो । तर ईश्वर छैन भनेर निष्कर्षमा पुग्नका निम्ति पुरातन संस्कारबाट मुक्त हुन अनेक विमर्श र विवेकसम्मत चिन्तनको चरणबाट गुज्रनु पर्छ ।त्यसैले भौतिकवादी चिन्तनले युक्त हुननसकेपनि कबीर जस्तो मानवीय र उदारवादी आध्यात्मवादी त हुनै सकिन्छ । धार्मिक क्षेत्रमा व्याप्त यो चिन्तन र व्यवहारको कृत्रिमताले सोझा धर्मभीडू जनसमुदायको आर्थिक, सांस्कृतिक र राजनीतिक शोषण गर्न सजिलो छ ।

अतः यस भ्रमको स्थितिबाट मुक्त हुन सचेतवर्गले प्रयत्न गर्नु आवश्यक देखिन्छ । होइन भने परिणाम यस दोहामा कबीरले भने जस्तै भइरहने छ : ‘ कबीरा कहे ये जग अन्धा, अन्धी जैसी गाय, बछडा था सो मर गया, झूठी चाम चटाय ।’अर्थात् कबीरा भन्छ, जसरी गाईको बाछो मरेपछि दुध दुहुनलाई बाछोको खालमा भुस्सा भरेर गाईको सामुन्ने राखिन्छ, त्यसरी नै केही मानिसले आफ्नो स्वार्थको दोकान चलाउन यस दुनियाँलाई अन्धो बनाइराखेका छन् ।

मन्दिर र मेलाको सन्दर्भमा कबीरको यो दोहा कति सटिक छ ! बजार र अर्थ प्रेरित सत्ता र धर्म सबै मिलेर सोझा धर्मभीडू समुदायलाई तामझाम र कृत्रिम परम्पराको नाममा भ्रमित पारीरहेको छ । कबीरको यो सीख आज महत्वको छ, जस्ले जनसमुदायलाई गाई जस्तै बेकुफ बनाएर मलाई खाँदैछ । वाह ! बछडा था सो मर गया, झूठी चाम चटाय … ।

Comment


Related News