अपडेट 
२०८० पुष ४, बुधबार ०७:२७

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले तीन चारदिन भित्रै जनकपुरधाममा निमार्ण गरिएको रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।

उनले समाजीक संजालमा आईरहेको विभिन्न किसीमको प्रतिक्रियाको जवाफ दिदै तीनचार दिन भित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने र यसमा सबैलाई ढुक्क हुन आग्रह गरे । उनले समाजीक संजाल माफर्तनै विज्ञप्ती जारी गर्दै केही आत्मरती निजि प्रयोजन प्राप्तीको कुन्ठा राख्ने बर्गदेखी हामी सचेत रहन आग्रह गर्दै जुन अभिप्रायले प्रतिमा निमार्ण गरियो त्यो अवश्यनै पुरा हुने बताए । उनले लेखेका छन् :जनकपुरधामले यसपालि फरक किसिमले आत्मियता देखायो फरक किसिमले आफ्नो इतिहास आफ्नो स्वाभिमान आफ्नो परिचयलाइ बिश्वजगतमा फैलायो ईतिहास रच्यो हामी केवल वहाहरुको साथमा साथ यो यात्रामा कदम नडगमगाइ अगाडी बढयौ र रामजानकी प्रतिमाले बिश्वरेकर्ड बनाउनेमा यहाहरु ढुक्क हुनुहुन अनुरोध छ तिनचार दिनभित्र यो प्रकाशन गरिने जानकारी अनुरोध समेत छ ।

अध्यक्ष महासेठले यसबाट कुण्ठित भएका केहि व्यक्तिले सामाजिक सन्जालमा अनर्गल प्रचारप्रसार गर्नुलाइ अन्यथा नलिएको बताउदै काम गरेको हरेक चीज जनताको विचमा राख्ने प्रतिवद्धता समेत जनाएका छन् । महासेठले प्रयोग गरिएको अन्नको संरक्षण गर्ने दायित्व सरोकारवालाले नै लिएको र यसमा साथ सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुको नामावली रकम अन्नको यकिन परिमाण त्यहा चढाइएको जिन्सी लगायत सबैको फेहरिस्त रहेको त्यो सबै सार्वजनिक गरिने बताएका छन् ।

उनले जनकपुरधामको परिचयमा नया अध्याय थपिन गइरहेकोमा यस अभियानमा साथ दिने सम्पुर्ण नगरवासीका साथै सम्पुर्ण निकायहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

Comment


Related News

Latest News

Trending News