अपडेट 
२०८० पुष ४, बुधबार ०९:५७

बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका उहाँले बताउनुभयो ।

घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटाैँडा तथा चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News