अपडेट 
२०८० पुष ५, बिहीबार १३:०४

भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३सम्पन्न भएको छ ।

पर्साको विरगंजमा विरगंज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहकार्यमा सम्मेलन सम्पन्न भएको हो ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मीणाले भारत–नेपालबीचको व्यापार विस्तारका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने बताए । नेपाल–भारतबीचको जुनसुकै व्यापारिक अवरोधलाई हटाउन भारतीय महावाणिज्य दूतावास तयार रहेको उनको भनाइ थियो ।

सम्मेलनमा विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे चर्चा गरेका थिए । उनले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले खेल्नुपर्ने भूमिका र सीमावर्ती क्षेत्रमा आइरहने कठिनाइ समाधानका लागि स्थानीय स्तरबाटै पहल गरिनुपर्नेमा जोड दिए ।

सुविधासम्पन्न क्वारेन्टाइन तथा खाद्य प्रयोगशाला स्थापना हुनुपर्ने, डिस्प्युट सेल स्थापना गरिनुपर्ने, तेस्रो मुलुकका पार्टपुर्जा, स–साना मेसिनरी तथा जीवनोपयोगी औषधी भारतबाट समेत आयात गर्ने व्यवस्था हुनुपर्ने, नेपाली सवारी साधनलाई भारतमा सहज प्रवेशको व्यवस्थापर्नेलगायत विषयमा उनले ध्यानाकर्षण गराए ।

भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बराल, मधेस प्रदेशको निति तथा योजना आयोगका सदस्य सोहन साह, नर्थ साउथ कलेक्टिभका कार्यकारी निर्देशक राकेश मिश्र, निम्बस ग्रुप अफ इन्डस्ट्रीका अध्यक्ष जगदीशप्रसाद अग्रवाल, युनिलिभर नेपालका कारखाना प्रबन्धक सञ्जय भट्टाचार्य, ऊर्जा वल्र्डका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार, इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्टका कार्यकारी निर्देशक विकास रौनियार, नेपाल–भारत उद्योग वाणिज्य संघका उद्योग तथा निर्यात प्रबन्धक समिति सभापति कुनाल क्याल लगायतले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानका विभिन्न आयामबारे आ–आफ्ना धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News