अपडेट 
२०८० पुष ५, बिहीबार १८:३९

हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार असोज २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यस घटनामा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ ।

यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यस्तै मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको पनि जनाएको छ ।

Comment


Related News

Latest News

Trending News