अपडेट 
२०८० पुष ५, बिहीबार १९:३९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको बताएका छन् ।

पार्टीको मधेस प्रदेश समितिको पहिलो सम्मेलनलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उनले कांग्रेसलाई अन्तर्घातको रोगबाट जोगाएर बहुमत पार्टीका रुपमा स्थापित गर्न आग्रह गरे ।

उनले भने, ‘अहिलेको बेला समानुपातिक समावेशी प्रणालीमा कसैको पनि बहुमत आउने सम्भावना कम हुन्छ, अहिले हाम्रो सबै भन्दा ठूलो पार्टी भएको छ । त्यस्तै भोलिको दिनमा पनि हाम्रो पार्टीलाई अन्तर्घात भन्ने रोग लागेको छ । त्यसबाट जोगाएर बहुमत पार्टीको रुपमा स्थापित गर्नुहोला ।’

मधेस प्रदेशबाट भविष्यमा मुलुक सुदृढीकरण, राजनीतिसँगै कांग्रेसलाई बलियो बनाउने काममा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै पार्टीका महामन्त्री गगन थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले भने,‘केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ । सिंगो देशको जिम्मा सिंगो देशको जिम्मा हामीले लिन्छौं ।’

Comment


Related News

Latest News

Trending News