अपडेट 
२०८० पुष ६, शुक्रबार ०७:३१

मधेश प्रदेश क्रिकेट टिमका कप्तान तथा राष्ट्रिय खेलाडी हरिशंकर साह सम्मानित भएका छन् ।

विहीबार रमान्नद युवा क्लवले ३८ औं वार्षिकोत्सवको अवसरमा वशिष्ट चन्द्रकला स्मृति खेल पुरुस्कार—२०८० ले उनलाई सम्मान गरेको हो ।

मधेश प्रदेश तथा राष्ट्रिय खेलमा साहले दिएको योगदानलाई मूल्यांकन गर्दै आयोजक संस्थाले नगद रु २१ हजार राशिसहित सम्मान गरेका छन् । यसअघि यस पुरुस्कारबाट पुर्व खेलाडी तथा विभागिय टिम त्रिभुवन आर्मीका टिम म्यानेजर अनिल मण्डल सम्मानित भएका थिए ।

हरिशंकर मधेश प्रदेश क्रिकेट टिमको क्यापटन भएको एक वर्ष पुरा भएको छ । यी अवधीमा उनको नेतृत्वमा तीन वटा राष्ट्रिय प्रतियोगिता मधेश टिमले खलेका छन् । जसमध्ये पोखरामा भएको केपी ओली कपमा हरिशंकरको उत्कृष्ट प्रर्दशनमा मधेश प्रदेश टिम उपाधी उचालेको थियो । हरिशंकर उक्त प्रतियोगितामा म्यान अफ द सिरिज भएको थियो ।

यस्तै, गत वर्ष जनकपुरधाममा भएको महेन्द्र नारायण नीधि कपमा निरन्त टिम पाँच वटा जित हासिल गरेको थियो । त्यस्तै, काठमाण्डौंमा गत वर्ष भएको प्रधानमन्त्री कपमा पनि मधेश टिम सेमिफानलबाट बाहिर भएको थियो ।

Comment


Related News

Latest News

Trending News