अपडेट 
२०८० पुष ६, शुक्रबार ०७:३३

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हुँ, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले बिहीबार मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई भेटेर साथी बन्न आह्वान गरेपछि उनले किशोरीहरुको प्रस्ताव स्वीकार गरे ।

पर्साका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालयस्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनीकरण, बाल सहभागिताजस्ता विषयमा छलफल चलाउँदै आएका छन् ।

एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन गर्दै आइरहेको छ । किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन् ।

यसै योजना अन्तर्गत मन्त्री सिंहसँग पनि किशोरीहरुले साथीको साइनो गाँसेकी थिइन् । किशोरीहरूसँग साथी बन्ने कार्यक्रमका क्रममा बोल्दै मन्त्री सिंहले मधेश प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरुलाई निराकरण गर्न आफू लागि पर्ने बताए ।

Comment


Related News

Latest News

Trending News