अपडेट 
२०८० पुष ६, शुक्रबार ११:०३

धनुषाको हँसपुर वडा नं ५ सुगा निकासस्थित ईलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ ।

एक जना स्थानियको प्रहरी कुटाईबाट निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गर्न पुगेपछि प्रहरीले हवाई फायर गरेको छ ।

सो क्रममा प्रहरीको गोली लागेर दुई जनासहित झडपामा तीनजना घाइते भएको जनाइएको छ । स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारीको हातमा गोली लागेको छ । दुबै जनाको प्रादेशीक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

स्थानिय दिप मण्डललाई विवादको घटनमा प्रकाउ गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ ।

Comment


Related News

Latest News

Trending News