अपडेट 
२०८० पुष ७, शनिबार ०८:२५

जनकपुरधाममा जारी दोस्रो अन्तर विद्यालय टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा मिथिला इन्सटिच्यूट अफ टोक्नोलोजी (मिट) र सिद्धार्थ शिशु सदन पुगेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा विजयी भई दुबै टीम फाइनलमा पुगेको छ । उपाधिको लागि यी दुबै टीम शनिबार प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा मदर टरेसा पब्लिक स्कुललाई मिटले १३ रनले पराजित गरका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेका मिटले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय २४ रनको लक्ष्य प्रतिद्वन्दी टीम समक्ष प्रस्तुत गरेको थियो ।

मिटकालागि ओपनर मनोहर शर्माले सार्वधिक २५ बलमा ३० रन बनाए । यसै टीमका लागि अन्नत कर्णले ४९ बलमा २२ र सुदिप साहले नटआउट १३ बलमा १५ रनको योगदान दिए ।

मदर टरेसाका लागि बलिङ गरेका बजरंगी साहले चार ओभरमा मात्र २१ रन खर्चेर पाँच विकेट लिए । यस टीमकालागि मनिष महतोले दुई र किसन साहले एक विकेट लिएका थिए । जवाफी ब्याटिङमा उतरेका मदर टरेसाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र एक सय दश रन बनाउन सक्यो । मदर टरेसाका लागि किशन साह १८, मनिष महतो १७, निरज साह १५ र युवराज शर्माले १३ रन बनाए ।

मिटका लागि बलिङ गरेका प्रसान्त यादव तीन, आशिक मण्डल तीन, आदित्य यादव दुई र आदित्य मिश्राले एक विकेट लिएका थिए । यस्तै, दोस्रो सेमीफानल खेलमा एरे इन्टरनेशनल स्कुललाई ४५ रनले सिद्धार्थ शिशु सदनले पराजित गरेको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेका सिद्धार्थका खेलाडीहरु निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रनको लक्ष्य ऐरे समक्ष प्रस्तुत गरेका थिए ।

सिद्धार्थका लागि बजरंगी मण्डल सर्वाधिक नटआउट १६ बलमा २९ रन, आदित्य रोय २७ बलमा २८ रन, मुकेश यादव २२ बलमा २३ रन, रनिश यादव २२ बलमा १८ र सुभाष प्रसाद यादव १० बलमा १८ रनको योगदान दिए ।

ऐरेका लागि बलिङ गरेका सुमित यादव तीन, आदित्य मिश्रा एक र रुपेश ठाकुरले एक विकेट लिएका थिए । विशाल लक्ष्य पाएका ऐरेका खेलाडीहरु जवाफी ब्याटिङ गर्दै १५ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्र एक सय रन बनाउन सके । ऐरेका लागि युवराज साह २६ बलमा २९ रन र अकाश ठाकुर २० बलमा दश रन बनाए ।

यी बाहेक यस टीमका खेलाडीहरु दोहोरो अंकमा रन बनाउन सकेनन् । सिद्धार्थका लागि बलिङ गरेका बजरंगी मण्डलले चार, मुकेश यादव दुई र ब्रजेश चोरवारले दुई विकेट लिएका थिए । यस खेलको म्यान अफ द म्याच सिद्धार्थका बजरंगी मण्डल घोषित भएका थिए ।

Comment


Related News

Latest News

Trending News