अपडेट 
२०८० पुष ७, शनिबार ०८:३१

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछी विहीवार भरिभराउ थियो । नगरको बाहिरी चक्रपथको दुबै किनारमा जीप, ट्रेक्टर, बस, मोटरसाइकल आदि सवारी साधनहरुको रेलमपेल थियो । मधेशका आठ जिल्लाबाट आएका ती सवारी साधनहरुबाट चार तारे झण्डा बोकेर निस्किदै गरेका महिला–पुरुष, बाल– बालिका तथा बृद्ध–बृद्धाहरुको जोश हेर्ने लायक थियो ।

नेपाली कांग्रेस जिन्दावादको नारा धन्काउँदै सबै तिरहुतिया गाछी पुग्दै थिए । मन मुटुभित्र कांग्रेस र हाथमा चारतारे झण्डा बोकेका सोझा कांग्रेस कार्यकर्ताहरु तिरहुतिया गाछी पुगेपछि आफ्नै नेताहरुकोकर्तुत हेरेर खिन्नभए । पार्टीभित्रको गुटवाजी र होडवाजी देखेर निरास भए । नेपाली कांग्रेसको पहिलो मधेश सम्मेलनको लागि बनाइएको भव्य मञ्चमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खडका, महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्मा, मञ्च अगाडिको दृश्य हेरेर पार्टी भित्रका गुटवाजीमा संलग्न नेताहरुलाई स्वाभाविक लागेको हुनसक्छ तर आम कांग्रेसी वा गुटवाजी बारे जानकार नेता कार्यकर्ता धारण गरेका यी सोझा कार्यकर्ताहरुलाई ।

कांग्रेसमा वरियता विवाद : मधेश सम्मेलनमा गएनन् कोइराला, निधि दर्शक दीर्घामा

मधेश प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै गएनन्, पूर्वउपसभापति विमलेन्द्र निधि सम्मेलनमा सहभागि भएर पनि मञ्च ग्रहण गरेनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

जनकपुरमा कांग्रेस मधेश प्रदेश सम्मेलनको बिहीबार उद्घाटन गर्दै देउवाले कांग्रेस पार्टीमा रहेको अन्तर्घात रोग मधेशबाटै अभियानचलाएर रोगमुक्त बनाउनु पर्ने बताए । समानुपातिक निर्वाचन प्रणाली भएकोले कसै पनि बहुमत आउने सम्भावना धेरै कम हुन्छ,’ देउवाले भने, ‘अहिले कांग्रेस ठूलो पार्टी भए जस्तै भोलिकादिनमा अन्तर्घात नगरी ठूलो पार्टी बनाउने अभियान मधेश प्रदेशबाटै सुरु गर्नु आवश्यक छ ।’ नेपाली कांग्रेसमा नेताहरूबीच वरियताको विवाद चर्किएको छ ।

१४ औँ महाधिवेशनपछि नेताहरूबीच निरन्तर वरियताको विवाद छ । तर पछिल्लो समय पार्टीका सम्मेलनहरूमा वरियता विवाद चुलिएको छ ।

बिहीबार मधेशप्रदेशको सम्मेलनबाट नेताहरूबीचको यस्तो विवादझन् छताछुल्ल भयो । बिहीबार जनकपुरमा आयोजित सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि थिए । सम्मेलनमा देउवापछि दोस्रो वरियता नपाउने भएपछि नेता शेखर कोइराला सम्मेलनमै गएनन्, मधेश सम्मेलनमा आसन ग्रहणका लागि नाम उच्चारण हुँदा नेता कोइराला भने सुनसरीको इनरुवा पुगेका थिए ।

पूर्व उपसभापति विमलेन्द्र निधि सम्मेलनमा सहभागि भए । तर सभापति पछिको वरियता नपाएपछि नेता निधिले आसन ग्रहणका लागि भएको बोलाहट स्वीकारेनन्, उनीमञ्च ग्रहण नगरी दर्शक दीर्घामै बसेर सम्मेलनमा सहभागी भए ।

नेपाली कांग्रेस मुलुकको सब भन्दा जेठो पार्टी हो । लोकतन्त्र, समाजवाद र बहुलवाद यस पार्टीको राजनीतिक दर्शन हो । मुलुकको राजनीतिक आन्दोलनहरुमा कांग्रेसको नेतृत्वदायी भूमिका रहेको छ । मध्यमार्गी स्वभावको यस पार्टीले पटक पटक सरकारको नेतृत्व गरेको छ । मौकामा चौका लगाउँदै सत्ता साझेदारी पनि गरेको छ । तर यस पुरानो पार्टीमा पुराना रोगहरु पनि छन ।

ती मध्ये प्रमुह हो –निर्वाचनको वेला आफ्नै पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात तथा पार्टी भित्र चरम गुटवाजी गरेर पनि सरकार चलाएको अनुभव छ । कांग्रेसमा गत महाधिवेशन सम्पन्न भएलगत्तैदेखि वरियताको विवाद छ । त्यसबेला केन्द्रीय कार्य समितिबाट सभापति देउवाले वरियता निर्धारण गरे पनि नेताहरूले त्यसलाई स्वीकारेका छैनन् भने सभापतिमा देउवासँग पराजित नेता कोइराला र निर्वाचित उपसभापति पूर्णबहादुर खड्काले एक–अर्कालाई नेता स्वीकारेका छैनन् ।

महाधिवेशन यता कोइराला उपस्थित कार्यक्रममा खड् का जाँदैनन्, खड्का जाने कार्यक्रममा कोइराला जाँदैनन् । खड्का र कोइराला पार्टीका बैठक बाहेक एउटै कार्यक्रममा सँगै सहभागी नभएको लामै समय बितेको छ । सभापति देउवापछि दोस्रो वरियता नपाउने अवस्था भए दुवैले कार्यक्रममै नजाने र बहिष्कार गर्ने गर्दै आएका छन् ।

बिहीबार मधेश प्रदेश कार्यसमितिले सभापति पछि वीरयतामा उपसभापति तथा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई निम्त्याए पछि नेता कोइरालाले मधेश सम्मेलन बहिष्कार गरे भने यस अघि देउवापछिको वरियतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् । पार्टीका अन्य जिल्लामा भएका सम्मेलनहरूमा पनि कोइराला पुगेका कार्यक्रममा खड्का सहभागी भएका छैनन् ।

हाल केन्द्रीय कार्यसमितिले बनाएको वरियताक्रममा सभापति देउवा पछि उपसभापति खड्कालाई राखिएको छ । जबकि उक्त वरियतामा कोइराला २५ औँ नम्बरमा छन् । तर व्यवहारमा भने उपसभापति खड्कालाई कोइरालाले पनि स्वीकारेका छैनन् ।

अर्का उपसभापति धनराज गुरूङसहित अन्य पदाधिकारीले भने कोइरालालाई देउवापछिको वरियतामा स्वीकारेका छन् । मधेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेतान भई केन्द्रीय सदस्यको रुपमामात्रै आमन्त्रण गरेपछि बुधबार उनी निकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमा ‘ नोट अफ डिसेन्ट’ नै लेखेका थिए । ‘लुम्बिनी र गण्डकी प्रदेशमा शेखर दाइलाई वरिष्ठ नेताको रुपमा मानियो । दर्जनौँ जिल्लामा कार्यकर्ताले उहाँलाई वरिष्ठ नेताको रुपमा सम्मान गरेको अवस्था छ,’ उनीनिकट नेता रविन कोइरालाले भने, ‘हामीले मधेशमा पनि त्यस्तै गर्न भनेकाहौँ, तर साथीहरूले मान्नुभएन, हामीले त्यही कुरामा फरक मत राखेकाहौँ ।’

महाधिवेशन पछि केन्द्रीय कार्यसमिति नेता कोइरालापक्षले पार्टीको परम्परागत अभ्यास बमोजिम कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको थियो । तर त्यसबेला देउवाले नै अस्वीकार गरे । पछिल्लो समय भने सभापति देउवा आफैंले कोइरालाले वरिष्ठ नेताकारुपमा स्वीकार गरिसकेका छन् । देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ भने देउवाले पनि नेताका रुपमा सम्बोधन गरेका छन् ।

कांग्रेस महाधिवेशनमा सभापतिमा पराजित नेतालाई वरिष्ठ नेता बनाउने अभ्यास थियो । १३ औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भए पछि उनीसँग पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता घोषित भए । सुशील कोइराला सभापति हुँदा देउवा नै वरिष्ठ नेता थिए । त्यही परम्परा अनुसार १४ औँ महाधिवेशन पछि देउवासँग पराजित शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने कोइरालानिकट नेताहरूको माग थियो । तर त्यसबेला सभापति देउवा र संस्थापन पक्षका नेताहरूले कोइरालालाई वरिष्ठ नेता स्वीकारेका थिएनन् ।

उपसभापति धनराज गुरूङ र महामन्त्री गगनकुमार थापाले आफ्नो समूहका सभापतिका उम्मेदवार कोइरालालाई वरिष्ठ नेता बनाउन नसके पछि कसैलाई पनि वरिष्ठ नेता घोषणा गर्न दिएनन् । जबकि वरिष्ठ नेतामा पूर्व उपसभापति गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिको पनि दाबी थियो । त्यसयता सभापति देउवाले नेता कोइरालालाई निरन्तर दबाबमा राखेकाथिए । पछि आम निर्वाचन अघि सिट बाँडफाँट गर्ने बेला भने देउवा–कोइराला सम्बन्ध उल्टियो ।

देउवालाई भेट्न समय माग्दा समेत नपाउने कोइराला पछि देउवाकै निमन्त्रणामा धुम्बाराही पुग्न थाले । संसदीय दलको निर्वाचन पछि देउवा–कोइराला सम्बन्धझन् प्रगाढ बन्यो । त्यही बेला देउवाले कोइरालालाई वरिष्ठ नेता बनाउने आश्वासन समेत दिएका थिए । त्यहीकारण कोइरालाले मन्त्री छनोटमा समेत आफ्नो समूहमा छलफल नगरी एकलौटी निर्णय गरेको आरोप लागेको थियो ।

पार्टीमा पटक–पटक केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्रीहुँदै उपसभापति निर्वाचित भएका खड्का कोइरालाभन्दा आफू सिनियर भएको दाबी गर्छन् । जबकि कोइराला भने यसअघि पार्टीको केन्द्रीय सदस्यमात्रै रहेका छन् । उनले केन्द्रीय सदस्यमात्रै रहेर एकैपटक सभापतिमा उम्मेदवारी दिएका थिए । उनी १३ औँ महाधिवेशनमा सर्वाधिक मत सहित निर्वाचित केन्द्रीय सदस्य हुन् ।

अर्का नेता निधि पनि पटक–पटक पार्टीको पदाधिकारी रहि सकेका नेता हुन् । त्यसो त कोइराला र खड्काबीचको संघर्षलाई आगामी महाधिवेशनसँग समेत जोडेर हेर्न थालिएको छ । खड्का सभापति देउवा पछि त्यही समूहबाट सभापतिको प्रत्यासी बन्ने दाउमा छन् भने अघिल्लो महाधिवेशनमा पराजित भएकाकोइराला फेरि सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

Comment


Related News

Latest News

Trending News