अपडेट 
२०८० पुष ७, शनिबार १७:३८

भारतको अयोध्यमा भगवान रामको नवनीर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार पठाउने तयारी गरिएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरको अगुवाईमा जनकपुरधाम अयोध्या भार यात्राको माध्यमले भार पठाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । जनकपुरधामबाट जाने भार जनवरी ६ तारिखका दिन अयोध्या पुर्याइने छ । भारमा विभिन्न प्रकार कपडाका साथै विभिन्न मिठाई तथा पकवान रह्ने उत्तराधिकारी महन्थ दासले बताए ।

उनले जनकपुरधामबाट जलेश्वर नाथबाट हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ हुँदै गढीमाइ हुँदै वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको बताए । भोली पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशी नगर सिद्धार्थ नगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्री विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्थ रोशनले जानकारी दिए । अध्योध्या पुगेको भोली पल्ट ६ तारिखको ९ बजे विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News