अपडेट 
२०८० पुष ८, आईतवार ०७:२१

जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा राम जीको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामबाट भार पठाउने तयारी थालिएको छ ।

जानकी मन्दिरका महन्त राम तपेश्वर दासको संयोजकत्वमा स्थानीय, प्रदेश र संघ गरी कुल ११ सय सदस्यीय जनकपुरधाम अयोध्या भार यात्रा समिति समेत गठन गरिएको छ । मिथिला परम्परा अनुसार छोरीको नयाँ घर बन्दा हुने घरबासमा माइती पक्षबाट आभूषण, लत्ताकपडा र बर्ष भरिको खानाको सामग्री पठाइने गरिन्छ । सोही अनुरुप जानकी जीको माइत पक्ष मिथिलाबाट ती सामग्रीहरु पठाउन लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्त तथा समितिका संचालक राम रोशन दास बैष्णवले जानकारी दिए ।

शनिवार जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकमा उत्तराधिकारी महन्त रोशनले जनकपुरधामबाट भार लिएर ४ तारिखमा प्रस्थान गरिने जानकारी दिए । बैठकमा उनले जनकपुरधामबासीहरुलाई विभिन्न प्रकारका पकवान वा फलफूल तथा अन्य सामग्री सहयोग गर्नका लागि आग्रह गरे । उनले भने–‘ जानकी जी सम्पूर्ण मिथिलाबासीको छोरी रहेका कारण सम्पूर्ण मिथिलाबासीको दायित्व अन्तर्गत पर्ने भएकाले कसैले भोलीको दिनमा यो नभनोस कि मैले मौका पाएन त्यस कारण भारका लागि सवैलाई आग्रह गरिएको छ ।’

बैठकमा उत्तराधिकारी महन्त रोशनले त्रेता युग पछि पहिलो पटक अयोध्या भार जान लागेका कारण यस कार्यक्रमलाई सम्भ र भव्य बनाउन सम्पूर्ण नगरबासी संग आग्रह गरे । उनले ४ तारिखको यहाँबाट प्रस्थान गरिने कार्यक्रम रहेको हुनाले ३ तारिखको जे जति सामग्री हुन्छ जानकी मन्दिरमा पुर् याउन आग्रहसमेत गरे । उनले पकवानहरुलाई बासँको डालामा सजाएर ल्याउन आग्रह गर्दै त्यसमा आफ्नो नाम परिचय समेत उल्लेख गर्न आग्रह गरेका छन् । उनले जनकपुरधामबाट जलेश्वरनाथ हुलाकी सडक हुँदै मलंगवा (बलारा) बाट सिम्रौनगढ–गढीमाइ–वीरगञ्जमा रात्री विश्राम गर्ने योजना रहेको बताए ।

भोलि पल्ट ८ बजे यात्रा प्रारम्भ हुने र वीरगञ्जको जानकी नगर गेट हुँदै बेतिया कुशीनगर सिद्धार्थनगर हुँदै गोरखपुर अयोध्यामा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम रहेको उत्तराधिकारी महन्त रोशनले जानकारी दिए ।

अध्योध्या पुगेको भोलि पल्ट ६ तारिखको ९ बजे विधिवत राम जन्मभूमि राममन्दिर ट्रष्टलाई सम्पूर्ण भार हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News