अपडेट 
२०८० पुष ८, आईतवार ०७:२५

हतकडीसहित फरार आरोपित २४ घन्टा नबित्दै सिरहा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका थियो।

आरोपित छोटु सदा शुक्रबार हतकडीसहित फरार भएको सिरहा प्रहरी प्रवक्ता (डिएसपी) रविन्द्रराज पाण्डेले पुष्टि गरेका छन्। बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पु¥याइएको थियो। प्रहरीको भ्यानबाट तल ओराल्ने क्रममा सदा हतकडीसहित भागेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहा बाट खटिएको प्र स ह बैजु महतो,प्र स ह देवकुमार यादव र प्रहरी जवान दिपेश राउतको टोलिले चौबीस घन्टा भित्र समात्न सफल भएको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News