अपडेट 
२०८० पुष ९, सोमबार ०७:२०

रामायणकालीन धार्मिक एवम् सांस्कृतिक जनकपुरधाम भारतीय पर्यटकहरुको गन्तव्य मध्ये प्रमुख बनेको छ । सीतारामको सम्वन्ध बारे भारतमा अहिले व्यापक प्रचार भइ रहेको छ । राम जन्मभूमि अयोध्यामा भगवान रामको मन्दिर निर्माण पूरा भइ प्राण प्रतिष्ठाको प्रचार संगै जनकपुरधामको पनि व्यापक प्रचार भइरहेको छ ।

भारतको तेलंगना राज्यका विधायक गुडेन महिपाल रेड्डीको नेतृत्वमा जनकपुरधाम भ्रमणमा आएका राजनीतिक नेताहरुसितको भेटमा मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधामको प्रचार प्रसार हैदरावादमा गरिदिन आग्रह गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले नेपाल र भारतबीचको सम्वन्धलाई जीवन्त बनाई राख्न धार्मिक पर्यटनले महत्वपूर्ण सहयोग गरिरहेको बताए । मधेश प्रदेशमा रहेका हिन्दू धर्म सम्वन्धी विभिन्न पौराणिक स्थलहरुलाई भारतीय पर्यटकहरुको गन्तव्य बनाउन प्रदेश सरकारले काम गरिरहेको बताए । मुख्यमन्त्री यादवले जानकी मन्दिर, बाराको गढीमाइ मन्दिर र सप्तरीको छिन्नमस्ता मन्दिर भारतीय धार्मिक पर्यटकहरुको लागि आकर्षण केन्द्र रहेको बताए । भारतको तेलंगना राज्यको हैदरावादका विधायक रेड्डीले नेपाल र भारत बीचको धार्मिक सांस्कृतिक सम्वन्धलाई प्रगाढ बनाउन पर्यटनमा जोड दिनुपर्ने बताएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवसितको शिष्टाचार भेटमा विधायक रेड्डीले तेलंगनाबाट नेपाल आउने धार्मिक पर्यटकहरुलाई जनकपुरधाम जानै पर्ने पवित्र तीर्थस्थल रहेको जानकारी गराउने बताए । लगातार तेस्रो पटक निर्वाचित भएका रेड्डीले जानकी मन्दिरमा आइतबार दर्शन पूजा गरे । उनी काठमाण्डुमा पशुपतिनाथको दर्शन गर्ने बताउँदै मुक्तिनाथधाम सम्मको यात्रा निर्धारण गरेको बताए । विधायक रेड्डीसंगै नालाकान्ति याडागिरी यादव, बी. दशरथा रेड्डी, पटनाम राजु, बोरा बेङ्कट रेड्डी, गोला श्रीशैलम यादव, गंगोला सुधाकर रेड्डी, बेगारी पाण्डु लगायतका टोली मुख्यमन्त्री यादवसंग शिष्टाचार भेटघाट गरेका थिए ।

Comment


Related News

Latest News

Trending News