
चाकु प्रहार गरी हत्या गरिएको घटनाका दुई जना आरोपिमाथि मुद्दा नचलाएकोमा पीडि़त परिवारले जिल्ला सरकारी वकिल कार्यालय घेराउ गरी आइतवार विरोध प्रदर्शन गरेका छन् ।
चाकु प्रहार गर्दा गम्भीर रुपमा घाइते भएका रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ६ का २० वर्षीय राहुल साहको उपचारको क्रममा गत कार्तिक २७ गते बिहान मृत्यु भएपछि ४ जनामाथि दिएको किटानी जाहेरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २ जनामाथि मात्र मुद्दा चलाएकोले पीडि़त परिवारले सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।
कार्तिक २४ गतेका दिन स्थानीय राजदेवी नगरपालिका ७ मा रहेका नेमधारी बासुदेव नमुना विद्यालयले शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेर्न गएका राहुल साहलाई बिद्यालय बाहिर रहेको महादेव मन्दिर नजिक स्थानीय वड़ा नम्बर ६ का मनीष साह बनिया सँगै मोटरसाइकलमा गएका राहुलमाथि बनियाले चाकु प्रहार गरेका थिए । घटना स्थलमा घाइतेले पक्राउ गरेका राहुल साह बनिया समेत मनीष साह गुप्ता , मुकेश साह गुप्ता र नरेश साह गुप्ता माथि मृतकका बुबा नागेन्द्र साहले जाहेरी दिदा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा तत्काल प्रमाणबाट दुइ जना दोषी देखिएकोले राहुल गुप्ता र मनीष गुप्तामा जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरी रौतहट जिल्ला अदालतमा पेश गर्दा घटना स्थलमा पक्राउ परेका राहुल गुप्तालाई कारागार चलान गरेकोमा गुप्ता कारागारमा रहेका छन भने मनीष गुप्ता फरार रहेका छन् ।
पीडि़त परिवारले मुख्य योजनाकार मुकेश साह गुप्ता तथा नरेश गुप्ता रहेकाले त्यसमाथि मुद्दा नचलाएको आरोप लगाएका छन् । आर्थिक चलखेलमा दुइ जनामाथि मुद्दा नचलाउने निर्णय गरेको आशंका मृतकका बुवाको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले सुरूमा १ जनामाथि ज्यान मार्ने उद्योग मुद्दाको जाहेरी दिएको पीडि़त परिवारले उपचारको क्रममा निधन भएपछि ४ जना उपरमा जाहेरी दिएको भन्दै अनुसन्धान गर्दा २ जनाको लोकेसन काठमाण्डु देखाएको आधारमा तत्काल संकलित प्रमाणबाट २ जनामाथि मुद्दा नचल्ने पछि प्रमाण फेला परे पूरक अभियोजन दिने भनी राय प्रतिबेदन दिएको बताएका छन् । बाँकी रहेका आरोपिमाथि मुद्दा चल्ने कÞानुनी बाटो रहेको प्रमाण संकलन भएपछि कÞानुनी कारवाही हुन सक्ने प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ रहेको छ ।